धर्म–संस्कृति/रीतिथिति

    राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालद्वारा रमजानको शुभकामना

    नवलपुर टुडे
    २०७८ चैत्र १९ | मध्यान्ह १०:१२ बजे

      कपिलवस्तु, चैत्र १९ । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिनाको रूपमा रमजान भोलीबाट सुरू हुने भएकाले पावन अवसरमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालद्वारा रमजानको शुभकामना व्यक्त गरिएको छ ।

      राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका अध्यक्ष मौलाना अतिकुर रहमान नेपालीले स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना र यस अवसरमा सम्पूर्ण नेपाली जनताकाबीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन् ।

      साथै राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका महासचिव मौलाना मुजीबुर्रहमान अहमदले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए ।

        कमेन्टहरु