मुस्लिम धर्मावलम्बीको महान पर्व रामजन आजबाट सुरु


खुरसेद हजाम
नवलपरासी, चैत १९ । मुस्लिम धर्मावलम्बीको महान पर्व रामजन आजबाट सुरु हुने भएको छ । मुस्लिम धर्मावलम्बीको महान चाड पर्व रामजन आजको चाँद हेरि सुरु हुनेछ ।
रामजन महिनालाई मुस्लिमहरुको पबित्र महिनाको रूपमा लिने गरिन्छ । रामजन महिना ३० दिनसम्म रहने गर्दछ । रामजनमा मुस्लिम धर्मावलम्बीहरुले ३० दिन व्रत बस्न गर्दछन भने मिहान फर्ज़ेका आजान भन्दा करिब ३० मिनट पहिला ब्रतालु खाना वा सर्गही खाएर करिब १७ घण्टा व्रत बसी साँझ करिब ७ बजे ऐसाका आज सुनी ब्रतालुले आफ्नो रोजा खोल्ने गर्दछन् ।
मुस्लिम धर्मका धर्मगुरु वा मौलानाका अनुसार रामजन महिना मुस्लिम धर्मका अरु महिना भन्दा पबित्र महीना हो । व्रत बस्ने ब्रतालु वान्ता भएमा पानी पिउनाले कुनै खाने कुरा मुखमा हाल्नाले तथा भिन्न प्रकारले व्रत टूटने मुस्लिम धर्मका धर्मगुरु बताउँछन ।
रामजन महिनामा मुस्लिम धर्मावलम्बीहरू गरीब तथा अशक्तलाई धान पुन गरी मनाउँदछन । रामजनका अन्तिम दिन चाँद हेरि ईद मनाउने चलन छ ।





