केपि ओलीले ‘बाकावीर’ लाई प्रथम सहिद भने पछि चेतावनी दिदै, नेपाल मगर संघले जनायो आपत्ति


काठमाडौ । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लखन थापा प्रथम सहिद नभएको सार्वजनिक रुपमा अभिव्यक्ति दिए पछि नेपाल मगर संघले आपत्ति जनाएको छ।
आम नेपाली जनताको मुक्ति र न्यायको पक्षमा तत्कालिन जहानिय राणा शासनको विरुद्धमा नेपालमा पहिलो पटक संगठित विद्रोह गर्ने क्रममा बि.स. १९३३ फागुन २ गते तत्कालिन शासकहरुबाट हत्या गरिएको नेपालको प्रथम सहिद लखन थापामगरको बारेमा विना तथ्य प्रमाण केही नेताहरु र विद्धानहरुले भ्रामात्मक कुरा गरेको प्रति नेपाल मगर संघ केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
दुईपटक प्रधानमन्त्री बनिसकेको ओलीले पटक पटक मगर समुदायको नेपालकै प्रथम सहिद लखन थापा मगरलाई र सिङ्गो मगर समुदायमाथि आघात पर्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिईएको प्रति मगर संग मात्र नभएर सिङ्गो आदिबासी जनजातिमाथि आपति रहेको छ ।
नेपाल मगर संघले जारी गरेको प्रेस बिज्ञप्ति
आम नेपाली जनताको मुक्ति र न्यायको पक्षमा तत्कालिन जहानिय राणा शासनको विरुद्धमा नेपालमा पहिलो पटक संगठित विद्रोह गर्ने क्रममा बि.स.१९३३ फागुन २ गते तत्कालिन शासकहरुबाट हत्या गरिएको नेपालको प्रथम सहिद लखन थापामगरको बारेमा विना तथ्य प्रमाण केही नेताहरु र विद्धानहरुले भ्रामात्मक कुरा गरेको प्रति नेपाल मगर संघ केन्द्रीय समितिको गम्भिर ध्यानाक्रर्षण भएको छ ।
नेपाल मगर संघ लगायतका संघ सस्थाहरुको निरन्तर दवाव, आन्दोलन, संघर्षले गर्दा तत्कालिन संस्कृति मन्त्री कृपाशुर शेर्पाले पेश गरेको प्रस्तावलाई तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको मन्त्रीपरिषद्ले बि.स. २०७२ असोज ३ गतेका दिन गरेको निर्णयको विरुद्धमा बोल्ने वा बहस गर्ने अख्तियारी कसैलाई नहुदा नहुदै पनि राजनैतिक भाषणको लहदमा यसरी बारम्बार भ्रामक कुरा आउनु सबै सहिद माथीको गम्भिर अपमान हो । लखन थापामगर लगायतका सहिदहरुको बलिदानीपूर्ण योगदानका कारण नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा परिणत भएकै कारण अहिले अभिव्यक्ति स्वतन्त्रता छ तर स्वतन्त्रताको नाममा गलत र झुट कुरा गर्ने छुट जोकसैलाई छैन ।
सामान्य ज्ञान र आमजनतामा प्रथम सहिद लखन थापामगर भनेर स्थापित भईसकेको अवस्थामा यस्ता गलत र तथ्यहिन कुरा नगर्न नगराउन हुन सम्बन्धित सबैलाई चेतवानी सहितको खबरदारी गर्दछौ । लखन थापामगरका साथै मगर समुदाय माथी आँच आउने खालका गलत र भ्रामक कुरा गरेर यस्तै अपमान गर्ने हो भने त्यसको प्रतिवाद नेपाल मगर संघ तथा आम न्यायप्रेमी जनसमुदायले गर्नेछन् त्यसैले गलत र तथ्यहिन कुरा नगरी सच्चिन र सच्याउन यसै प्रेस विज्ञप्ति मार्फत आग्रह गरिन्छ यन्यथा यसको परिणाम गम्भिर हुनेछ ।
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ





