समाज

    श्री तम्घासस्थान सामुदायिक वनको छैठाैँ वार्षिक साधारण सभा सम्पन्न

    नवलपुर टुडे
    २०७८ चैत्र १९ | मध्यान्ह ०५:१२ बजे

      इन्द्रजित नेपाली
      गुल्मी । श्री तम्घासस्थान सामुदायिक वनको एक कार्यक्रमकाबीच छैठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गाेपाल प्रसाद पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रकाे आयाेजना गरिएको थियाे ।

      यस्तै कार्यक्रमको प्रमुख अतिथिमा डिभिजन वन कार्यालय गुल्मीका प्रभात सापकाेटा रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले वन र वातावरण हरेक व्यक्तिको लागि उपयोगी भएकाले यसलाई हराभरा बनाउनको लागि र उपभोक्ताहरुले नै यसको उपयोग गर्न पाउनुपर्ने बताउदैँ श्री तम्घासस्थान सामुदायिक वनलाई सहयोग आवश्यक परेको बेला आफुले हरेक क्षेत्रबाट हेर्ने बताउनुभएको थियो ।

      उनले वनबाट अक्सिजन जस्तो महत्वपुर्ण पक्ष, आवश्यक काठ, जडिबुटि, घाँस दाउरा उत्पादन गरी आय आर्जनमा बृद्धि हुने हुँदा वनको संरक्षणमा पदाधिकारीहरु तथा उपभोक्ता सबैको भुमिका महत्वपुर्ण रहने बताए । कार्यक्रममा श्री तम्घासस्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गाेपाल प्रसाद पाण्डेले आर्थिक वर्ष २०७७/०७८ को लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

      २०७३ सालदेखि स्थापना भएको यस श्री तम्घासस्थान सामुदायिक वन उपभोक्ता समुहले रेसुङ्गा नगरपालिका वडा नं ७ र ९ का गरी ५ सय १२ जना सदस्यता संख्या बनाउन सफल भएको छ । कार्यक्रममा बार्षिक प्रतिवेदन समुहकी सचिव सावित्रा पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष तेज प्रसाद गैरेले आर्थिक प्रतिवेदन सुनाउनु भएको थियो ।

      कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका सहायक अधिकृत पकज कुमार ठाकुर, पशु सेवा कार्यालय गुल्मीका डिल्लीराज मरासिनी, वन कार्यालय गुल्मीका घनश्याम आचार्य, अर्खखाेला खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, वनकी पुर्ब अध्यक्ष माया गैरे र ७,९ का उपभोक्ताहरुकाे उपस्थित रहेकाे थियाे ।

      कार्यक्रमको सहजीकरण श्री तम्घासस्थान सामुदायिक वनका कोषाध्यक्ष तेज प्रसाद गैरेले गर्नु भएको थियाे ।

      photo 2022 04 02 17 05 30

        कमेन्टहरु