प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु


काठमाडौ, चैत १९ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीद्वयबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको हो ।
हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र मोदीबीच वान टू वान वार्ता हुँदैछ । दुई देशका प्रधानमन्त्रीबीच वान टु वान वार्तापछि दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ । हैदराबाद हाउसबाटै दुवै देशका प्रधानमन्त्रीले विभिन्न सम्झौतामा हस्ताक्षर गरिनेछ । सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।
यस्तै आजै दिउँसो प्रधानमन्त्री देउवाले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट होटल फर्केर साँझ भारतीय व्यवसायीहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले भाग लिने कार्यतालिका तय गरिएको छ ।





