देश

    म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र १९ | बिहान ११:१२ बजे

      सर्लाही, चैत १८ । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

      पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर ५/७ हजार लिई भर्ना गराइदिन्छु भन्दै ठगेको पाइएको सर्लाहीका प्रहरी प्रवक्ता एजं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

      चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए । यसअघि पनि सप्तरीबाट म्यादी प्रहरीमा भर्ना गराइदिने नाममा आवेदनकर्तासँग रकम असुली गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।

        कमेन्टहरु