देश

    इलाममा रुख ढाल्ने क्रममा एक पुरुषको मृत्यु, ३ जना नियन्त्रणमा

    नवलपुर टुडे
    २०७८ चैत्र १८ | मध्यान्ह ०९:१२ बजे

      इलाम, चैत १८ । रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ । इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

      स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

      सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्तबहादुर राई र कुवेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई रुखले लागेको थियो । के कारणले रुखले लागेर उनको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

      अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुरका सुवास राई र रुख काट्ने इलाम नगरपालिका–४ का स्थानीयवासी सन्तबहादुर र कुवेरलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ । रासस

        कमेन्टहरु