राष्ट्रिय हरवा चरवा अधिकार मंच र दलित प्रदेश सभा मंचबीच अन्तरक्रिया सम्पन्न


रंजित चौरसिया,वीरगंज १८ चैत्र । राष्ट्रिय हरवा चरवा अधिकार मंच र दलित प्रदेश सभा मंचबीच अन्तरक्रिया सम्पन्न भएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरको होटेल वेलकममा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य एवं मधेस प्रदेश सभा सदस्य रबिन्द्र बैठाले मधेस प्रदेशमा बिधमान रहेको हरवा चरवाको अवस्था दैनिय रहेकोले तिनीहरु ब्यवस्थापनको लागि आफू प्रदेश सभामा जोडदार अवाज उठाउने प्रतिबद्धता जनाउनु भयो ।
सांसद बैठाले अधिकतम हरवा चरवा दलित समुदाय नै भएको बताउदै दलित कल्सटर जस्तै हरवा चरवा कल्सटर बनाएर इनिहरु बृती बिकासमा राज्यले योग्दान गर्नु पर्ने बताउनु भयो । सोही अन्तरक्रियामा एकीकृत समाजबादी मधेस प्रदेश सभाका प्रमुख सचेतक सुन्दर बिशवकर्माले दलित समुदायको लागि ल्याइएको जनता अवास जस्तै हरवा चरवा आवास आयोजना ल्याइ हरवा चरवाहरुको आवासको समस्या समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।
राष्ट्रिय हरवा चरवा अधिकार मंचका अध्यक्ष दर्शन मन्डलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा महासचिव लगेन्द्र सदा, राष्ट्रिय दलित नेटवर्कका टिम लिडर हुकुम सार्की, जन वकालत अधिकृतहरु रुपनरायन पासवान, सन्जय महरा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । अन्तरक्रिया पछि मंचका पदाधिकारीहरु प्रदेस सांसद रबिन्द्र बैठा, सुन्दर बिशवकर्मालाई आफ्ना समस्याहरू समाधानको लागी प्रदेश सभामा उठाइ दिनको लागी ज्ञापनपत्र बुझाएका थिए ।
त्यसैगरी हरवा चरवा अधिकार मंचको एक टोलिले मधेस प्रदेशको भुमी ब्यवस्था तथा कृषि मन्त्रालय संग समेत सम्बाद गरेको राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत सन्जय महराले बताए ।





