देश

    अम्बे बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

    नवलपुर टुडे
    २०७८ चैत्र १८ | मध्यान्ह ०६:१२ बजे

      रामजि काेहार
      नवलपरासी, १८ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर -३ परासीमा रहेको अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

      सहकारीका उपाध्यक्ष विनाेद कुवरकाे अध्यक्षता तथा रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जनार्दन ठाकुरकाे प्रमुख अतिथ्यतामा रामग्राम नगरपालिका वडा नम्बर -५ स्थित बालमन्दिरकाे सभाहलमा अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हाे ।

      साे अवसरमा बाेल्दै प्रमुख अतिथि ठाकुरले अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको बताउदै यस संस्थाले गर्दै गएको प्रगति र सेयर सदस्य, बचत कर्तालाई सन्तुष्ट गर्दै संगठित रुपमा अगाडि बढिरहेकाे भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

      photo 2022 04 01 18 13 24

      साथै उहाले यस संस्थामा आबद्ध २७२ महिला र ३७७ पुरुष गरी जम्मा ६४९ सेयर सदस्यहरुलाई संगठित गर्दै २००० सेयर सदस्य बनाउने उदेश्यका साथ अगाडि बढ्ने लक्ष्य लिएकाेमा धन्यवाद दिदै सफलताकाे कृतग्यता ब्यक्त समेत गर्नु भएको थिए ।

      प्रमुख अतिथि ठाकुरले अधिवेशनबाट चयन गरिएको अध्यक्ष राजेश कुमार अग्रहरि, उपाध्यक्ष पार्वती हरिजन, सचिव सदन पाैडेल लगायत ७ सदस्यीय नयाँ नेतृत्वकाे कार्यसमितिलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत दिए ।

      साे अवसरमा युनियन लाईफ इन्स्योरेन्स साखा कार्यलय परासीका प्रबन्धक कुल चन्द भण्डारी, सिटिजेन बैंकका प्रतिनिधि मिना पाण्डेय, पत्रकार सुरेश यादव, रामजि काेहार, अशाेक कुमार गाैतम, माेनु शर्मा, महेश यादव लगायतका अतिथिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन सहकारीका प्रबन्धक राजेश अग्रहरिले गर्नुभएको थियो ।

       

        कमेन्टहरु