कांग्रेसको कार्यबाहक सभापतिमा खड्का

नवलपुर टुडे
२०७८ चैत्र १८ | मध्यान्ह ०४:१२ बजे

काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणको क्रममा आज त्यसतर्फ प्रस्थान गरेकापछि पार्टीको विधानबमोजिम खड्कालाई कार्यवाहक तोकिएको हो ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवाले आफू स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेको जानकारी दिएको छ ।





