कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई

नवलपुर टुडे
२०७८ चैत्र १८ | मध्यान्ह ०३:१२ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् ।
प्रधानमन्त्री देउवा तीन दिने भ्रमणको क्रममा आज भारत प्रस्थान गरेकाले देउवा स्वदेश नफर्किँदासम्म खाणलाई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न दिइएको हो ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारत भ्रमणमा जानुहुने भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ ।






