समाचार

    नेपाल प्रहरीका पाँच जना डीएसपीको काज सरुवा

    नवलपुर टुडे
    २०७८ चैत्र १८ | बिहान ११:१२ बजे

      काठमाडौं, चैत १८ । नेपाल प्रहरीका पाँच जना डीएसपीको काज सरुवा गरिएको छ ।

      महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी, धरानमा बुद्ध श्रेष्ठ र गरुडामा बरुण सिंहलाई पठाइएको छ ।

      यस्तै इलाका प्रहरी कार्यालय टीकापुरमा हेम शाहीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

        कमेन्टहरु