देश

    १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र १८ | बिहान १०:१२ बजे

      पाल्पा, चैत १८ । पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

      १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको तिनाउ गाउँपालिका–१ कचलका ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

      चैत्र १७ गते बालिकालाई बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई बिहीबार पक्राउ गरेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

      घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

        कमेन्टहरु