पूर्वमन्त्री ज्ञवालीद्धारा गुल्मी जिल्लामा स्थापना गरिएको अक्सिजन प्लान्ट उद्धघाटन


इन्द्रजित नेपाली
गुल्मी । पूर्वमन्त्री प्रदिप ज्ञवालीद्धारा गुल्मी जिल्लामा स्थापना गरिएको अक्सिजन प्लान्ट उद्धघाटन गर्नुभएको छ । ज्ञवालीले बिहिबार एक कार्यक्रमको बीच उक्त प्लान्ट उद्धघाटन गरेको हो ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस तथा कोभिड– १९ का कारण सिङ्गो विश्व नै आक्रन्त बन्यो । जिल्लामा अक्सिजन अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भनी नेपाल पत्रकार महासघं गुल्मीले अक्सिजन पलान्ट अभियान सुरु गरेको थियो ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ५० लाख संकलन गरिएको पत्रकार महासघं गुल्मीले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण र अक्सिजन अभावमा कैयौ नागरिकले ज्यान गुमाए । त्यसैको अबस्थालाई मध्यनजर राखेर गुल्मी जिल्लामा स्थापना गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । उनले गुल्मी अस्पतालमा ५० वेड र जिल्ला भित्रका ११ पालिकामा १५ वेड क्षमताका आधारभुत अस्पताल निर्माणधिन अबस्थामा रहेका छन् ।
गुल्मीमा संचालनमा रहेको अक्सिजन प्लान्टले गुल्मी लगायत आसपासका जिल्लाका नागरिकलाई सहजता हुने ज्ञवालीले बताए ।





