मुख्य समाचार

    स्वदेशी सामानकाे प्रयाेग गराै, देशकाे अर्थतन्त्र बलियाे बनाउनमा सहयाेग गराै : प्रमुख पाेख्रेल

    नवलपुर टुडे
    २०७८ चैत्र १७ | मध्यान्ह १०:१२ बजे

      नन्दु यादव
      नवलपरासी, चैत १७ । देशमै उत्पादन गरि देशकै सामानकाे प्रयाेग गरि देशकाे अर्थतन्त्रमा सहयाेग पुर्याउनु हामी सबै नेपालीकाे कर्तब्य रहेकाे एनअाईसी एशिया बैक कर्णाली प्रदेशका प्रमुख राजन पाेख्रेलले बताउनु भएकाे छ ।

      अामनागरिकले स्वदेशमा उत्पादन गरि अथवा स्वदेशमै उत्पादन भएका सामानहरु हामी नेपालीले प्रयाेग गर्न बानी बसाल्नु पर्ने कुरामा वहाँले जाेडदिनु भएकाे हाे । वहाँले पाल्पाकाे ढाका टाेपी, जुम्लाकाे स्याउ, ईलामकाे चिया लगायत धेरै बस्तु बारे उदाहरण दिदै स्वदेसी उत्पादन प्रयाेग गर्नु पर्ने कुरामा जाेडदिनु भयाे ।

      सबै सामान बिदेशकाे भर पर्दा देशकाे अर्थतन्त्र धारासाही हुँदै गएकाे समेत बताउनु भयाे । अब अामनागरिकमा याे कुरा बारे जानकारी गराउदै देशकाे अर्थतन्त्र बारे साेच्नु पर्ने समय अाएकाे वहाँले चिन्ता ब्यक्त गर्नु भयाे । बाहिरि देशबाट अायात मात्रै बढी भएकाेले भबिस्यमा देशकाे अर्थतन्त्रले धान्न नसकिने बताउनु भयाे । राज्यले स्वदेशी सामानकाे प्रयाेग गर्नुपर्ने बारे नीति तत्काल ल्याउने पर्ने अवस्था रहेकाे बताईएकाे छ ।

      विभिन्न रेडियाे, टेलिभिजन, पत्रपत्रीका लगायतकाे माध्यमबाट स्वदेशी सामानाकाे प्रयाेग बारे सुचना जारी गर्नु पर्ने अावश्यकता रहेकाे बताईएकाे छ । साथै एनअाईसी एशिया बैंकिङ क्षेत्रमा तीब्ररुपमा प्रगति गर्न सफल भएकोसमेत बताउनु भयो ।

        कमेन्टहरु