राजनीति

    मेरै सरकारको पालामा कालिकोट जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको हो : एमाले अध्यक्ष ओली

    नवलपुर टुडे
    २०७८ चैत्र १७ | मध्यान्ह ०६:१२ बजे

      कालीकोट, चैत १७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै सरकारको पालामा कालिकोट हुदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको बताएका छन ।

      बिहीबार कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजित एमालेको बिशाल आमसभालाई सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन । आफ्नो सरकारका बेला कर्णालीमा गरिएका बृहत विकासबारे जानकारी गराउदै ओलीले विकास एमालेकै सरकारका पालामा भएको दाबी गरे ।

      रास्कोटको बृहत खानेपानी आयोजना, खाँडाचक्र चुलीको बृहत खानेपानी आयोजना र कर्णाली राजमार्ग दुई लाइन बनाउन आफ्नो सरकारका पालामा वजेट सहितको योजना परेको बताएका छन । उनले भने ‘यस्तै यस्तै जनताका जनजिविका सवालका विकास देखेर सरकार ढाले, अदालतले ढालेको सरकार अब जनताको माझ न्याय खोज्न आउदै छौँ, जिताउनुहोस् एमालेलाई विकासको मुल फेरी फुट्ने छ ।’

      कालिकोट विकास गर्न भौगोलिक हिसावले कठिन रहेकाले विकास गर्न एमालेलाई नै जिताउन अध्यक्ष ओलीले आग्रह गरे ।

        कमेन्टहरु