सेतोपुल नजिकैको फोहोरको थुप्रोमा नवजात शिशु मृत फेला

नवलपुर टुडे
२०७८ चैत्र १७ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत १७ । काठमाडौंको सेतो पुल नजिकै नवजात शिशुको शव फेला परेको छ । आज बिहान सेतो पुल नजिकैको फोहोरको थुप्रोमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको हो ।
दिन पुगेरै जन्मिएको बच्चा त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा पुगेका छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको सूचना प्राप्त भएपछि प्रहरी खटिएको थियो ।
अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।





