देश

    नवलपुरमा बस र ट्रक आपसमा ठोक्किँदा १५ जना घाइते

    नवलपुर टुडे
    २०७८ चैत्र १७ | बिहान ०८:१२ बजे

      नवलपुर । पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–१५, अमरापुरीमा बस र ट्रक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

      पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५९२२ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउदै गरेको लु २ ख ४२३४ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा बसमा सावर ४० जनामध्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

      घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका चालक भने अस्थायी प्रहरी पोष्ट बेल्डियाको नियन्त्रणमा छन् । दुर्घटनामा परी रूपन्देही, गुल्मी, रोल्पा र अर्घाखाँचीका यात्रुहरू घाइते भएका छन् ।

      घाइतेहरूमध्ये केहीको अवस्था सामान्य छ भने केहीको मध्यम रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु