शिक्षा

    चिकित्सा शिक्षा स्नातक तह परीक्षा शुक्रबारबाट संचालन

    नवलपुर टुडे
    २०७८ चैत्र १७ | बिहान ०७:१२ बजे

      काठमाडौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षाको तयारी पूरा भएको जनाएको छ ।

      आगामी शुक्रबार, आइतबार र सोमबार संचालन हुने परीक्षामा एक सय ११ परीक्षा केन्द्रबाट ३४ हजार ६ सय ६५ परीक्षार्थी सहभागी हुँदै छन् ।

      पहिलो दिनको परीक्षामा १९ हजार पाँच सय ८, दोस्रो दिन १२ हजार दुई सय ६२ र तेस्रो दिन दुई हजार आठ सय ९५ परीक्षार्थी सहभागी हुने आयोगका सदस्यसचिव डा.भोजराज काफ्लेले जानकारी दिए ।

      आयोगले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै पूर्ण मर्यादित रूपमा परीक्षा संचालन हुने जनाएको छ । साथै, परीक्षाबारे विगतमा जस्तो गलत, भ्रामक प्रचारमा नपर्न परीक्षार्थीहरूलाई अनुरोधसमेत गरेको छ ।

      विगतमा सञ्चालन भएका परीक्षाहरूमा कतिपय अनधिकृत व्यक्ति र क्षेत्रबाट अस्वभाविक र परीक्षाको मर्यादाविपरीत प्रचारवासी गरिएको भन्दै आयोगले छानबिन समिति गठन गरी त्यस्तो घटनाको छानबिन गरिएको जनाएको छ ।

        कमेन्टहरु