मुख्य समाचार

    प्रादेशिक अस्पताल बुटवलको बोलपत्रबारे छानबिन गर्न सरकारद्वारा समिति गठन

    नवलपुर टुडे
    २०७८ चैत्र १६ | मध्यान्ह ०९:१२ बजे

      बुटवल, चैत १६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको बोलपत्रबारे सरकारले छानबिन समिति गठन गरेको छ ।

      मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्षतामा बसेको प्रदेश पूर्वाधार विकास समितिकोे बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानबिन गर्न मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

      बैठकले बनाएको समितिको सदस्यमा कानुन सचिव राजेन्द्र थापा र ग्रामीण सहरी तथा पर्यटन सचिव महेशचन्द्र न्यौपाने रहेका छन् । समितिले प्रादेशिक अस्पतालको बोलपत्र प्रक्रियाबारे भएको विभिन्न विषयमा गहिरो ढंगले अध्ययन गरी १५ दिनभित्र समितिलाई प्रतिवेदन पेस गर्ने आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।

      प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदबाट दिएको राजीनामा पत्र बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको प्रवक्ता शर्माले जानकारी दिए ।

        कमेन्टहरु