सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

नवलपुर टुडे
२०७८ चैत्र १६ | बिहान ११:१२ बजे

काठमाडौं, चैत १६ । गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेष्याको बुधबार बिहान ८:३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो। बालिकाहरुको उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । रासस





