बिमस्टेकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

नवलपुर टुडे
२०७८ चैत्र १६ | बिहान ०८:१२ बजे

काठमाडौं, चैत १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा आज बुधबार सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिमस्टेक आजबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका छन् । उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् ।
सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिमस्टेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।





