मुख्य समाचार

    कर्णालीमा ६९ प्रतिशतले लगाए कोरोना खोपको दोस्रो मात्रा

    नवलपुर टुडे
    २०७८ चैत्र १६ | बिहान ०८:१२ बजे

      कर्णाली, चैत १६ । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् ।

      हालसम्म खोपको पहिलो मात्र ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए । हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ ।

      कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ । पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ । रासस

        कमेन्टहरु