मनोरन्जन

    रितु चौधरी र हेमराज चौधरीको नयाँ थारु गीत “दिवाना हम” छिट्टै आउदै

    नवलपुर टुडे
    २०७८ चैत्र १६ | बिहान ०६:१२ बजे

      रामजी प्रजापति
      परासी । पश्चिम नवलपरासिको बर्दघाटमा नयाँ थारु गीत छायाङ्कन हुदैछ । ” दिवाना हम ” टाईटल राखिएको भिडियोको त्रिबेणी धाम, गोपिगंज लगायत अन्य लोकेसनमा सुटिङ गरिएको जानकारी गंगेश्वर चौधरीले जानकारी दिनुभएको छ ।

      पिसि थारु र समिक्षा चौधरीको सुमधुर स्वरमा सजियको गीत “दिवाना हम” गहिरो प्रेम प्रति ध्यानाकर्षण गरिएको छ । साँचो प्रेम दुबै पक्षबाट भए कसैले रोकेर छेकेर रोकिदैन भन्ने सत्यताका साथ प्रेम, गरेपछि अरु केही देखिदैन, भने झै यस भिडियोमा देखाउने प्रयास गरिएको छ। समाजमा घटिरहेको घटनालाई मध्येनजर गरेर छायांकन गरिएको छ।

      यस भिडियोमा धेरैनै मार्मिक सिनहरु खिचिएको छ, जुन देखेर दर्शकहरुको आँखामा आसुनै रसाउनेछ । भिडियोमा हिरो गरिब बर्ग र हिरोईन धनी बर्गको देखाईएको छ । भिडियोमा प्रेम सम्बन्ध हिरोईनको दाईलाई थाह भएपछि आफु र आफ्नो गुन्डाहरुलाई लियर हिरोलाई मरुन्जेल पिटेर आफ्नो बहिनी (हिरोईन ) लाई अर्को बिहेको लागि धम्काई तर्साई बिहे गर्न लगाउन्छ ।

      यस भिडियोमा हिरोको क्यारेक्टरमा हेमराज चौधरीले गर्नुभएको छ भने, हिरोईनको क्यारेक्टरमा रितु चौधरी रहनुभएको छ । त्यसैगरी हिरोईनको दाईको क्यारेक्टरमा (गुन्डा) रामजी प्रजापतिले आफ्नो प्रस्तुति देखाउनुभएको छ ।

      भिडियोको डाईरेक्सन अशोक के परियारले गर्नुभएको छ । कोरियोग्राफर अभिशेक सेन ठकुरीले गर्नुभएको छ भने, क्यामेरा रोशन अरेन्ज र केदारनाथ पान्डेले गरेको छ। यो भिडियो पि सि ईन्टरटेन्मेन्टबाट रिलिज हुने अशोक के परियारले बताए ।

        कमेन्टहरु