देश

    निसीखोलामा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    नवलपुर टुडे
    २०७८ चैत्र १६ | बिहान ०६:१२ बजे

      बलेवा, चैत १६ । बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

      निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

      उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष हुन् । दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ ।

      घाइतेको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै गरेको हवारीले बताए । रासस

        कमेन्टहरु