सिरक डसना उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति

नवलपुर टुडे
२०७८ चैत्र १५ | मध्यान्ह ०७:१२ बजे

अर्घाखाँची, चैत १५ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आगलागी भएको छ । आज दिउँसो भएको आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिएका छन् ।
आगलागीबाट दुई वटा मेसिन, एउटा जेनेटर, सिरक डसनालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । उनको करिब२ घण्टापछि होस आएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट करिब एक घण्टामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । आगो विद्युत सट भएर लागेको बताईएको छ ।





