समाचार

    दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले गुल्मीमा सवारी चालक सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

    नवलपुर टुडे
    २०७८ चैत्र १५ | मध्यान्ह ०३:१२ बजे

      इन्द्रजित नेपाली
      गुल्मी, चैत १५ । गुल्मीमा सवारी चालक सचेतना अभिवृद्धि सम्बन्धि एक दिने कार्यक्रम गरिएको छ । जिल्लामा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बुटवलको आयोजना र लुम्बीनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको समन्वयमा जिल्लाको सदरमुकाम तम्घासमा सवारी चालक सचेतना अभिवृद्धि सम्बन्धि एक दिने कार्यक्रम संचालन गरिएको हो ।

      कार्यक्रममा सहभागीले रुट प्रमिटको समस्या, प्राईभेट सवारीले सार्वजनिक सवारीलाई पारेको प्रभाव, सवारी चालक अनुमतिपत्र बिना सवारी सवार लगायतका बिषयमा गुनासा राखेका थिए । उनीहरुले यातायात सेवा व्यवस्था कार्यालय गुल्मीमा राख्नुपर्ने माग समेत गरेका थिए ।

      कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपाल लगायतका ट्राफिक प्रहरीले सवारी चालक सम्बन्धि विभिन्न जनचेतना मुलक जानकारी गराएका थिए । साना तथा ठुला सवारी चालकका प्रतिनिधिलाई कार्यक्रममा सहभागी गराई सवारी चालक सचेतना अभिवृद्धि कार्यक्रम अन्तरगत ट्राफिक नियम र दुर्घटना न्यूनिकरण सम्बन्धि जानकारी गराईएको थियो ।

      यो कार्यक्रम नवलपरासी, रुपन्देही र गुल्मीमा सम्पन्न भएको छ भने लुम्बीनी प्रदेशका ८ जिल्लामा संचालन गरिने श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बुटवलका सचिव नेपालले बताए । पछिल्लो समय ग्रामिण तथा शहरी क्षेत्रमा दैनिक दुर्घटना बढ्दै गएकोले सार्वजनिक सवारी चालकले आफू मात्र नभई यात्रुको जीवन पनि चालकको हातमा हुने भएकाले चालक संवेदनशील भएर सवारी चलाउन श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बुटवलका सचिव दिपक नेपालले आग्रह गरे ।

      कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, प्रहरी नायव उपरीक्षक माधवराज खरेल, ट्राफिक प्रहरी निरीक्षक मधु नेपाल, सार्वजनिक सवारी चालकका प्रतिनिधि लगायत ट्राफिक प्रहरीको उपस्थिती रहेको थियोे ।

        कमेन्टहरु