रुपन्देहीको तिलोत्तमामा निर्माण भएको १ सय ३४ फिटको भ्यूटावर ओलीले गरे उद्घाटन (तस्बिरहरू)

नवलपुर टुडे
२०७८ चैत्र १५ | मध्यान्ह १२:१२ बजे

रुपन्देही, चैत १५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ वनवाटिकामा निर्माण भएको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् ।
काठमाडौंको धरहरापछिको सबैभन्दा अग्लो र सुविधा सम्पन्न भनिएको उक्त १० तले टावर एक सय ३४ फिट उचाइको छ भने भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ ।
तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण भएको टावर आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो । कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्युटावर प्राकृतिक निर्माण सेवाले ठिक चार वर्षमा पूरा गरेको हो ।







