मुख्य समाचार

    राती ड्युटीमा रहेका प्रहरी जवान बिहान मृत फेला

    नवलपुर टुडे
    २०७८ चैत्र १५ | बिहान ११:१२ बजे

      बुटवल, चैत १५ । सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन् । गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका प्रहरी जवान पवन केसी बिहान मृत फेला परेका हुन् ।

      इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसी मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

      उनको ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक प्रहरी जवान केसी पश्चिम रुकुमको मुसिकोट- १३ छिवाङका हुन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु