मुख्य समाचार

    धरहरा पछिको सबैभन्दा अग्लो ‘भ्यु टावर’ उद्घाटन गर्दै एमाले अध्यक्ष ओली

    नवलपुर टुडे
    २०७८ चैत्र १५ | बिहान ११:१२ बजे

      रुपन्देही, चैत १५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंको धरहरा पछिको सबैभन्दा अग्लो भनिएको भ्यु-टावरको उद्घाटन गर्दैछन् ।

      रुपन्देहीको तिलोत्तमा नगरपालिका – २ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज गर्ने भएका हुन् ।

      लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरबाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

      कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

        कमेन्टहरु