चौथो गुल्मी महोत्सव चैत्र २५ देखि सुरु, महोत्सवको तयारी तिव्र


इन्द्रजित नेपाली
गुल्मी, चैत १४ । गुल्मीको रेसुङ्गा नगरपालिका तम्घास चिदिचौर खेल मैदानमा यहि चैत्र २५ देखि वैशाख ४ गतेसम्म सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सव प्रादेशिक औधोगिक एवं व्यापार मेला २०७८ को चहलपहल सुरु भएको छ ।
महोत्सवको मिति नजिकिँदै गर्दा गुल्मी सदरमुकाम तम्घास बजार सहित अन्य स्थानमा महोत्सव प्रचारका ब्यानरहरु देख्न सकिन्छ भने महोत्सव सञ्चालन हुने स्थान चिदिचौर खेल मैदानमा अहिले महोत्सवको स्टेज र प्रदर्शनीका केही सामाग्री साथै स्टलहरुको निर्माण कार्य भईरहेको छ ।
महाेत्सवलाई थप प्रभावकारीे बनाउनकाे लागि स्थानीय तहसम्म पुगेर प्रचारप्रसार समितिले सबैलाई निम्तो समेत दिएको उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक तारा भुसालले बताए । संघका अध्यक्ष इश्वरीप्रसाद पौडेल र रामप्रसाद पन्थीकाे नेतृत्वमा परिचालन गरिएको प्रचारप्रसार समितिले जिल्लाका स्थानीय तहमा पुगेर त्यहाँका जनप्रतिनिधिहरुसँग समेत भेटघाट गरेका छन् ।
चिदीचौर खेल मैदानमा संचालन हुने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने उपाध्यक्ष भुसालको भनाइ छ । महोत्वसमा अनिल खत्री, सुनिल थापा, मन्जु थापा, टिकाराम पोखरेल, शान्तारानी परियार, बिष्णु सिंजाली, कमल कार्की, कमल कंडेल, रितु थापा, माया थापा, निर्मला थापा मगर, बिक्रमवावु वि.क., रामकुमार बिष्ट, दिनेश थापा लगायतको प्रस्तुती रहनेछ ।
यस्तै गुल्मी महोत्सवको प्रचार प्रसार अभियानको शिलशिलामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा सिद्धार्थ नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग पनि भेटघाट गरेको भुसालको भनाइ छ । चौथो गुल्मी महोत्सव भव्य रुपमा सम्पन्न गर्नका लागि गुल्मीका क्रियाशिल राजनैतिक दलहरुले पनि प्रतिबद्धता जनाएका छन् ।
ऐतिहासिक पौराणिक धार्मिक एवं पर्यटक स्थलको प्रचार प्रबर्द्धन अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनलाई बजारीकरण साथै कृषिलाई प्राथमिकता रहेको महोत्सवमा दुई सय स्टल राखिने गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ । गुल्मी महोत्सवमा दुई दर्जन राष्ट्रिय र चार दर्जन स्थानीय कलाहरुको प्रस्तुति रहने बताइएको छ ।
जसमा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरु बोमबहादुर कार्की, शिब परियार, राजु परियार, बद्रि पंगेनी, पशुपति शर्मा, कुलेन्द्र बिश्वकर्मा, चन्द्र शर्मा, खुमन अधिकारी, कमल खत्री, रामजी खाँड, रचना रिमाल, शान्तीश्री परियार, रहेका छन् । महोत्सवमा अलिफ खाँन, बैकुण्ठ महत, प्रिती आले, रमेशराज भट्टराई, राधिका हमाल, अञ्जली अधिकारी, श्रीप्रसाद थापा, कमला घिमिरे, महेन्द्र गौतम, नारायण बिपि परियार, बिष्णु श्रीपाली, विसाल श्रेष्ठ बसन्त खत्रीको पनि प्रस्तुति रहने छ ।
त्यस्तै लक्ष्मण खड्का, शितल शर्मा, कल्पना कुसुम, पुरुषोत्तम भण्डारी, सिता राना, समिक्षा बिसी, सन्तु थापा, गणेश अधिकारी, अनुराना मगर, भुवन भुसाल, सन्तोष केसी, हरि खत्री, तुलसिंह रनपछाई, उज्जवल गिरी, सम्झना परियार, शुसिला गौतम, तिलक बस्नेत दिपु मगर, धनमाया राना, शिलु भट्टराई, लक्ष्मी बस्नेत, नन्दु परियार, सुरी मगर, सूर्य रेगामी, सुरेश राना, पवन परियार, मनिषा पोखरेल, राशी रिजाललगायतको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए ।
चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ ।





