देश

    कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र १४ | मध्यान्ह ०७:१२ बजे

      धनगढी । कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा कैलाली साबिक हसुलिया – ९ बस्ने सुनिल चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

      उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको टोलिले पक्राउ गरेको हो । उनलाई सम्मानित जिल्ला अदालत कैलालीबाट मिति २०७१।०३।०५ गतेको फैसलाले चोरी मुद्दामा ७ दिन कैद र रु. ३४,९९०।- जरिवाना भई फरार रहेकाले कैद र जरिवाना भुक्तानीको लागि पक्राउ गरिएको हो ।

      उनलाई पक्राउ गरि कैलाली जिल्ला अदालतमा पेश गरि कारागात कैद भुक्तानीको लागि कारागार चलान गरेको छ ।

        कमेन्टहरु