पाल्पामा तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

नवलपुर टुडे
२०७८ चैत्र १४ | मध्यान्ह ०६:१२ बजे

पाल्पा, चैत १४ । पाल्पामा तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–५ डेरा गरी बस्दै आएका प्युठान झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय प्रेम पुन मगर रहेका छन् ।
पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।





