मुख्य समाचार

    सशस्त्र प्रहरीद्वारा ३६ लाख बराबरको सुनचाँदी बरामद

    नवलपुर टुडे
    २०७८ चैत्र १४ | मध्यान्ह ०६:१२ बजे

      धनगढी, चैत १४ । सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका – २ मित्रनगरबाट भन्सार छली नेपाल ल्याउँदै गरेको ३६ लाख बराबरको गरगहना बरामद गरेको छ ।

      सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटर कैलालीको गस्ती टोलीले ३६ लाख आठ हजार ४९० मूल्य बराबरको सुनचाँदीका गहनाहरू बरामद गरेको हो । विशेष सुराकी आधारमा ३४ गण कैलाली, बीओपी त्रिनगर र बीओपी डोकेबजारको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

      बरामद गहना राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइने बताइएको छ । पछिल्लो समय भारतबाट व्यापक रूपमा अवैध सुन तस्करी हुने गरेको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।

        कमेन्टहरु