देश

    पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना पुष्टि

    नवलपुर टुडे
    २०७८ चैत्र १४ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौं, चैत १४ । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

      पछिल्ला केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । हाल देशभर १२५४ सक्रिय संक्रमित रहेका छन् ।

        कमेन्टहरु