कोरम नपुगेपछि अर्थ समितिले बोलाएको बैठक स्थगित

नवलपुर टुडे
२०७८ चैत्र १४ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत १४ । संघीय संसद् अर्थ समितिको आजको बैठक कोरम नपुगेर स्थगित भएको छ । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रि–बजेट छलफलका लागि बोलाइएको बैठक पर्याप्त संख्यामा सांसदहरु उपस्थित नभएका कारण स्थगित भएको हो ।
प्रतिनिधिसभा नियमावलीअनुसार समितिका कुल सदस्यको ५१ प्रतिशत सदस्य उपस्थित नहुँदासम्म बैठक अगाडि बढ्न सक्दैन । ५१ प्रतिशत सदस्य उपस्थित भएमात्र गणपूरक संख्या मानिने नियमावलीमा उल्लेख छ ।
अर्थ समितिको बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगसँग आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।





