देश

    १२ वर्षीया बालिका बलात्कार आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र १४ | बिहान ०६:१२ बजे

      कैलाली । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

      बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

      बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जोशीले बताए । पक्राउ परेका पुरुष माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु