कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

नवलपुर टुडे
२०७८ चैत्र १३ | मध्यान्ह ०८:१२ बजे

कैलाली । कैलालीमा एक जना प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नं.७ बस्ने बर्ष ३१ को टंक शाही रहेको कैलाली प्रहरीले जानकारी दिएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटि गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध (खैरो हिरोईन) १ ग्राम ६७० मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
साथमा उनले प्रयोग गरेको से.४ प. ७७११ नं. को मोटरसाईकल समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा राखी थप अनुसन्धानकार्य भईरहेको जानकारी दिएको छ ।





