राजनीति

    चुनावी तालमेल गरेर गठबन्धन जोगाउछ : रामचन्द्र पौडेल

    नवलपुर टुडे
    २०७८ चैत्र १३ | मध्यान्ह ०५:१२ बजे

      काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई चुनावसम्म लैजाने बताएका छन् ।

      कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै पौडेलले पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताएका हुन् । उनले भने, ‘यो गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ । कुन स्थानीय तह कसले लिने भन्नेबारे पछि निर्णय हुन्छ ।’

      कांग्रेस केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि जारी छ । अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धन गरेर चुनावमा जाने धारणा राखिरहेको छन्। । बैठकमा प्रदेश सभापतिहरुले धारणा राख्ने क्रम चलिरहेको छ ।

        कमेन्टहरु