स्रोत नखुलेको ५५ लाखसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०७८ चैत्र १३ | मध्यान्ह ०४:१२ बजे

महोत्तरी । महोत्तरीमा स्रोत नखुलेको ५५ लाखसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा औरही नगरपालिका– २ चेपकट बस्ने अन्दाजी वर्ष २० को धीरजकुमार यादव र सोही ठाउँका रमेशकुमार सहनी रहेको डिएसपी प्रकाश विष्टले बताए।
उनीहरू उक्त रकम बोकेर औरही नगरपालिका– १ स्थित जलेश्वर, रामगोपालपुर बर्दिबास सडकखण्डमा मोटरसाइकलमा सवार थिए। उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिई जलेश्वर भन्सार कार्यालयमा बुझाएको डिएसपी विष्टले बताए।
पक्राउ पर्नेले उक्त पैसा कहाँबाट र कुन प्रयोजनका लागि ल्याएको नखुलाएकाले थप अनुसन्धानसमेत भइरहेको डिएसपी विष्टले जानकारी दिए।





