समाचार

    धनुषामा स्थानीय र प्रहरीबीच झडप हुँदा दुईजना घाइते

    नवलपुर टुडे
    २०७८ चैत्र १३ | मध्यान्ह ०२:१२ बजे

      धनुषा, चैत ११ । धनुषामा स्थानीय र प्रहरीबीच झडप हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयलाई लिएर स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो ।

      झडपको क्रममा प्रदर्शनकारीतर्फ एकजना र प्रहरीतर्फ एकजना गरी दुई जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । झडपपश्चात अहिले भने अवस्था सामान्य रहेको छ ।

      शनिबार राति स्थानीय सन्तोषकुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पसलमा आगजनी भएको थियो । ५० मिटर नजिकै रहेको तीनकौरिया प्रहरी चाैकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीयको आरोप छ । आगलागीले पसलमा १० लाख बढीको क्षति भएको छ ।

      अहिले नगरपालिकामा मेयरको उपस्थितिमा प्रहरी र सम्बन्धित व्यक्तिहरुबीच वार्ता भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

        कमेन्टहरु