सर्लाहीको फुलजोर खोलामा यात्रुबाहक बस पल्टिँदा ४ जनाको मृत्यु, ३२ जना घाइते


सर्लाही, चैत १३ । सर्लाहीको फुलजोर खोलामा यात्रुबाहक बस पल्टिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
बसमा सवार ३ दर्जनभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइबार बिहान वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामा रहेको पुलमा टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईँले जानकारी दिए ।
मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंलगवा लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।





