एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

नवलपुर टुडे
२०७८ चैत्र १३ | मध्यान्ह १२:१२ बजे

काठमाडौं, चैत १३ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री वाङलाई भेट्न अध्यक्ष ओली काठमाडौंको होटल मेरियटमा पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपश्चात वाङ र ओलीको भेटवार्ता भएको हो । उनीहरूबीचको भेटवार्ता ११ बजे सुरु भएको छ । भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित पार्टीका केही नेताहरू सहभागी छन् ।
ओलीसँगको भेटलगत्तै विदेशमन्त्री वाङले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने छन् । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।





