ईलाका प्रहरी कार्यालय लहानद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम


महेश सिंह
सिरहा, चैत १३ । ईलाका प्रहरी कार्यालय लहानले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । लहानका इन्चार्ज डा.तपन कुमार दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिमा लहान नगरपालिकाको उप-मेयर सरियार चौधरी रहनु भएको थियो ।
त्यस्तै विशिष्ट अतिथिमा उधोग बाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य रहनु भएको थियो । अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति मनोज बनैता यादव, इन्सेकको सिरहा प्रतिनिधि दुर्गा परियार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा दुर्गा परियारले शान्ति सुरक्षाको लागी खटिनु हुने प्रहरीको भुमिका समाजमा जग्जाहेर नै रहेको औंल्याएका थिए । हाम्रो वरिपरि भएको अपराधीक गतिविधिको जानकारी प्रहरीसमक्ष पुर्याउनु र त्यसलाई कार्बाहीको दायरामा ल्याउनु हामी नागरिकको कर्तव्य हो । हामी भन्दा नेपाल प्रहरीको अनुशासन बढी नै हुने गरेको उनले बताए । परियारले प्रहरीमा भएको कमि कमजोरीको समेत टिप्पणी गरेका थिए ।
इन्चार्ज दाहालका अनुसार प्रहरीलाई भन्नु भन्दा काम गरेर देखाउनु पर्छ । उनले भने `प्रचार बाजी गरेर हुदैन । लागु औषधमा सिरहामा निकै युवाहरू फसिएको हामीले पाएका छौँ । लागु औषध प्रयोगकर्ता नाकाबाट मात्र हैन खुला बोर्डर भएकोले चोर बाटो भएर पनि युवाहरूले ओसारपसार गर्ने गरेको हामीले पाएका छौँ । प्रहरी जस्तै नागरिकले पनि सहयोग हुनुपर्छ । लहानबाट १५ महिनामा १ करोड ६० लाख बराबरको राजस्व नेपाल सरकारलाई हामीले बुझाएको छ ।´
लहानमा मोटरसाईकल चोरीको बिगबिगी निकै मौलाएको छ । ३९ वटा मोटरसाईकल चोरी भएको मध्ये २९ वटा मोटरसाईकल चालक सहित बुझाएको अवस्था रहेको छ । अपराधमा लहानको प्रहरीले ९०% काम गरेको उनले बताए । उक्त कार्यक्रममा उल्लेखनीय जनसहभागिता रहेको थियोे ।





