समाचार

    सशस्त्र प्रहरीद्वारा कोसी ब्यारेज नजिकबाट ७८ किलो गाँजा बरामद

    नवलपुर टुडे
    २०७८ चैत्र १३ | बिहान ०९:१२ बजे

      सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सोही नगरपालिकाका वडा–१ स्थित नहरको झाडीमा राखिएको ७८ किलो गाँजा सशस्त्र प्रहरीले शनिबार बरामद गरेको हो ।

      विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गण हेडक्वार्टर सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको नेतृत्वमा खटिएको गस्ती टोलीले प्लास्टिकको प्याकेटमा एक–एक किलो गाँजा प्याक गरेर प्लास्टिकले बेरेर बोरामा राखिएको अवस्थामा भेटिएको खड्काले जानकारी दिए ।

      बरामद गाँजा कसको हो भन्ने अनुसन्धान गरिरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

        कमेन्टहरु