मुख्य समाचार

    सशस्त्र प्रहरीद्वारा मधेश प्रदेशका सीमा नाकामा उच्च निगरानी

    नवलपुर टुडे
    २०७८ चैत्र १३ | बिहान ०९:१२ बजे

      सिरहा । सशस्त्र प्रहरी बल सिरहाले भारतसँग सीमा जोडिएका सिरहाका सबै नाकामा उच्च निगरानी बढाएको छ ।

      आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सिरहाका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं. ७ गण सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार थापा बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताउनुभयो ।

      ‘मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ’ गणका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी डिएसपी निलकमल आचार्याले भन्नुभयो, ‘सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रूपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।’ सो गणअन्तर्गत जिल्लामा पाँच सुरक्षा बेस क्याम्प, ७ सीमा सुरक्षा पोस्ट (बिओपी ) र तीन वटा सीमा निगरानी पोस्ट (एफओवी) रहेका छन् ।

      सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपसार नियन्त्रण गर्ने मुख्य योजना रहेको एसपी थापाको भनाइ छ ।

        कमेन्टहरु