देश

    चिनियाँ विदेशमन्त्री वाङले आज राष्ट्रपति, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै

    नवलपुर टुडे
    २०७८ चैत्र १३ | बिहान ०७:१२ बजे

      काठमाडौं, चैत १३ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्दैछन् ।

      विदेशमन्त्री वाङले अहिले बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने स्रोतले जनाएको छ । यस्तै एमाले अध्यक्ष ओलीसँग बिहान ११ः१० बजे होटल मेरियटमा भेटवार्ता गर्ने भएका छन् । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने बताइएको छ । 

      त्यसपछि विदेशमन्त्री वाङले माओवादी केन्द्रका ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका छ । भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् ।

      यसअघि शनिबार वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै र संयुक्त भेटवार्ता गरिसकेका छन् । भेटवार्ता सकेर उनी आजै ३ दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

       

        कमेन्टहरु