समाचार

    चुनावको पूर्व सन्ध्यामा ईजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाउन सूचना जारी

    नवलपुर टुडे
    २०७८ चैत्र १२ | मध्यान्ह ०७:१२ बजे

      बिनोद मण्डल
      सिरहा, चैत्र १२ । नेपाल सरकारको पूर्व घोषित स्थानिय निकायको चुनावलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले ईजाजत प्राप्त गरेको हात हतियार स्थानिय प्रहरीलाई बुझाउन सूचना जारी गरेको छ ।

      चैत्र ११ गते एक सूचना जारी गर्दै आगामी मिति २०७९/०१/३० गते हुने स्थानिय तहको निर्वाचनलाई निष्पक्ष शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हात हतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम जिल्लामा बिभिन्न व्यक्तिहरुसँग रहेका इजाजत पत्र प्राप्त हात हतियार २०७८ चैत्र मसान्तसम्म स्थानिय प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेको हो ।

      photo 2022 03 26 19 01 52

        कमेन्टहरु