मुख्य समाचार

    काठमाडौको कपनमा श्रीमतीलाई आगो लगाउने पक्राउ

    नवलपुर टुडे
    २०७८ चैत्र १२ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौ । आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

      पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका ४२ वर्षीय प्रवीण चौधरी रहेको प्रहरीले जनाएको छ ।

      उनलाई आफ्नै ३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

      चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

      घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु