मुख्य समाचार

    चिनियाँ विदेशमन्त्री यी र परराष्ट्रमन्त्री खड्काबीच वार्ता सुरु, १० वटा सहमतिमा हस्ताक्षर गर्ने तयारी

    नवलपुर टुडे
    २०७८ चैत्र १२ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विदेशमन्त्री यीको नेपाली समकक्षी खड्कासँग वार्ता शुरु भएको हो।

      मन्त्रिस्तरीय वार्ताका क्रममा चीन र नेपालबीच विभिन्न १० वटा विषयमा सहमति हुने परराष्ट्रका अधिकारीहरुले बताएका छन्। बीआरआईसहितका नेपाल–चीनबीचका विभिन्न आयामबीच छलफल हुने तय भएपनि बीआरआईमा कुनै ‌‌औपचारिक प्रक्रिया अघि बढ्ने सम्भावना नरहेको परराष्ट्रका अधिकारीहरुले बताएका छन्।

      तर चीनले नेपाललाई दिँदै आएको वार्षीक अनुदान १३ अर्बलाई बढाएर १५ अर्ब पुर्‍याउने सहमति वार्ताका क्रममा अधिकारीहरुबीच हुनेछ। त्यस्तै कोरला नाका खुला गर्ने सहमति र पोखरा विमानस्थलको टर्मिनल कक्षको साँचो प्रतिकात्मक रुपमा विदेशमन्त्री यीले हस्तान्तरण गरी औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्रका अधिकारीहरुले जानकारी दिएका छन्।

      नेपाली समकक्षी खड्कासँगको वार्ता सकिएपछि विदेशमन्त्री यी सिधै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार जाने कार्यक्रम रहेको छ। त्यसपछि भने उनको आज अन्य कुनै कार्यक्रम छैन।

        कमेन्टहरु